पासो ट्रेलरमा युवतीको कथा

काठमाडौं । बीआर इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको नेपाली फिलम ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म कार्तिक २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।फिल्ममा रिस्ता बस्नेत, सुनिषा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको अभिनय छ । ट्रेलरमा काठको बक्सा भित्र थुनिएकी युवतीको कथा भनिएको छ ।

सुर्य दयालुको संगीत रहेको फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनको छ । फिल्ममा भगवान भुजेलको लगानी छ । उत्तम हुमागाँइको छायांकन रहेको फिल्ममा भुपेन्द्र अधिकारीको सम्पादन, सुरेज बसेलको कोरियोग्राफी छ ।

फिल्मका कार्यकारी निर्माता राजकुमार राउत हुन् । फिल्मले युवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । फिल्मलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।