हराएँ हराएँमा आकाश र पुजा

काठमाडौं । निर्देशक सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत ‘हराएँ हराएँ’ सार्वजनिक भएको छ । गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर, आनन्द अधिकारीको शब्द तथा ताराकै संगीत छ ।

यूके र मुस्ताङमा छायांकन गरिएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । स्कटल्याण्डका केही चुचुरोहरुलाई छायांकार सौरभ लामाले ‘लार्ज फ्रेम’मा सुन्दर ढंगले कैद गरेका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

महेश दवाडीको लेखन रहेको फिल्ममा पूजा र आकाशका अलावा डेब्यु अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

एबी इन्टरनेशनलसंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको फिल्ममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बुरजेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमालाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।