नीरफूल प्रिमियरपछिको प्रतिक्रिया–फरक र मौलिक

काठमाडौं । यही शुक्रबार रिलिज हुने फिल्म ‘नीरफूल’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरपछि फिल्मकर्मी तथा पत्रकारले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । अधिकांशले फिल्म फरक र मौलिक रहेको बताए ।

प्रिमियरमा सेलो समुहका विभिन्न कलाकारहरुले डम्फु बजाउँदै नाचगान र झाँकीसहित यो कलाकार तथा पाहुनालाई स्वागत गरेका थिए । सो क्रममा डम्फुको ताल र सेलो गीतमा फिल्मका अभिनेता दयाहाङ राई, अभिनेत्री शान्ति वाईबा, कलाकार बुद्धी तामाङलगायत नाँचेका थिए । अधिकांशले स्कृप्ट, छायाङ्कन र कलाकारको अभिनय निकै सशक्त रहेको बताए ।

फिल्मका निर्देशक फूलमान बलले आफ्नो सिर्जनालाई आफुले यो फिल्ममा प्रस्तुत गरिसकेको र अब दर्शकको जवाफको प्रतिक्षामा आफु रहेको पनि उनले बताए । फिल्मका वितरक गोविन्द शाहीले मुलुकका एक सय भन्दा बढी स्क्रिनमा फिलम प्रदर्शन हुने बताए । फिल्ममा गोविन्द र मनोज राठीको वितरण छ ।

फिल्ममा दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।