रमिला र नन्दा मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन

काठमाडौंं । ‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२३’ को उपाधि रमिला साउद र नन्दा सुनारले जितेका छन् । रमिलाले मिस तर्फको उपाधि चुम्दा नन्दा मिसेज तर्फ विजेता बनिन् ।

ग्रिन आर्टस् मिडियाले राजधानीमा आयोजना गरेको प्रतियोगितामा झरना घिमिरे फष्ट रनरअप र निर्मला खाड सेकेन्ड रनरअप घोषित भए । प्रतियोगीतामा २३ प्रतियोगी रहेका थिए । अपांगता भएका व्यक्तिहरुको क्षमता साथै उनीहरुमा लुकेर बसेको प्रतिभालाई उजार गर्दै समाजमा सक्षम व्यक्तिको रुपमा अगाडि ल्याउनु उद्देश्य रहेको आयोजकको भनाइ छ ।

प्रतियोगीताको निर्णायकमा आलोकश्री, प्रतिष्ठा थापा, श्रद्धा जोशी कर्माचाय, सिर्जल रुपाखेती, सिता सुवेदी थिए । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् । अनिला ग्रिन आर्टस् मिडियाका निर्देशक पनि हुन् ।