नाङ्गो गाउँका दयाहाङलाई राजनीति स्वर्ग कि नर्क ?

काठमाडौं । भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ । ट्रेलरमा राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको छ ।

क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।

फिल्मको ट्रेलरमा शिक्षण पेशाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देलबिचको राजनीतिक लडाई देखाइएको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एस डी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।