काठमाडौं । आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को शीर्ष गीत ‘रावायण’ सार्वजनिक भएको छ । फिल्मका प्रमुख नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड गीतमा नकासा अजिजको स्वर, रेवन आरती सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ ।
फिल्ममा पलले कान्छा र रागव चरित्र निभाएका छन् । यो गीतमा उनलाई त्यही दुई पात्रमा देखाइएको छ । गीतमा कलाकार र कोरसको प्रस्तुती उत्कृष्ट छ । गीतको निर्माण शैली उच्च कोटीको छ । नायिका पुजाले पनि दिल खोलेर नाँचेकी छन् । पलले पनि नृत्यमा धेरै मेहनत गरेको भिडियोमा देख्न सकिन्छ । गीतको अन्तिमतिर निर्देशक सुदर्शन थापाको आगमन दर्शकका लागि ‘बोनस’ जस्तै छ । सुदर्शनले यसअघि फिल्म ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’मा अभिनयसँगै नृत्य गरेका थिए ।
गीतमा सौरभ लोखण्डे र रेवत आरती सिंहको म्यूजिक प्रोडक्सन र एरेन्ज, निरज सिंहको म्यूजिक सुपरभाइजर र साउण्ड डिजाइन, समीर चौरासिया र रेवन आरती सिंहको ब्याकग्राउण्ड भोकल, निरज सिंह, फ्रान्को भाला र समीर चौरासियाको रेकर्डिङ इन्जिनियरिङ, निरज सिंह(कैलाश स्टुडियो, मुम्बई)को मिक्सिङ र मास्टरिङ छ । गीत भारतको मुम्बईस्थित कैलाश स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।
फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।
फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।