सुरेश र दीपाको यो मनको चाहना

काठमाडौं । गायक सुरेश लामा र गायिका दीपा लामाको स्वरमा रहेको गीत ‘यो मनको चाहना’ सार्वजनिक भएको छ । गीतमा डा. दामोदर रेग्मीको शब्द, डीबी लामाको संगीत, विशाल निरौलाको एरेन्ज र रञ्जन राईको मिक्सिङ र मास्टरिङ छ ।

गीतको भिडियोमा मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीको अभिनय छ । जहाँ उनीहरूलाई एकअर्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ।

उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्।

गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।