अन्तरजातीय प्रेमकथामा जदौ

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर नयाँ फिल्म ‘जदौ’ निर्माण घोषणा गरिएको छ । भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको हातबाट स्क्रिप्ट पूजा गरि टाइटल डिजाइन सार्वजनिक गरिएको हो ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त निर्माण रहेको फिल्मको लेखक काजी लिम्बू हुन् । निर्देशक, कलाकार तथा प्राविधिक बारे विस्तृतमा केही समयपछि जानकारी दिइने समिश्रण मुभिजका अध्यक्ष अन्जन शर्माले बताए ।

अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्मका दृश्य गाउँ र काठमाडौंमा खिचिने बताइएको छ । फिल्म २०८२ सालमै रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।