काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ मंगलबार सार्वजनिक भएको छ । प्रेम, सम्बन्ध, समाज तथा मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत प्रस्तुत गरिएको पुस्तक प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटीलगायतले सार्वजनिक गरे ।
कार्यक्रममा पुस्तक समीक्षकका रूपमा दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तकमाथि आफ्ना विचार तथा दृष्टिकोण प्रस्तुत गरेका थिए ।
प्रेमकथामा मात्र सीमित नरहेको पुस्तकले प्रेम, सम्बन्ध, समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने प्रयास गरेको लेखक भट्टराईले बताए ।
कार्यक्रममा साहित्यकार, शुभेच्छुक, पाठक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। लेखक भट्टराईले पुस्तक लोकार्पण समारोहमा सहभागी भई कार्यक्रमलाई गरिमामय बनाउने सम्पूर्ण अतिथि, साहित्यकार, पाठक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।






