एलिनासँग जयकिशनः न्यानो लाग्छ तिम्रो साथ

काठमाडौं । निर्माता जयकिशन बस्नेतको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्म ‘धुम ३’ को दोस्रो गीत ‘न्यानो लाग्छ प्यारो लाग्छ’ सार्वजनिक भएको छ । जयकिशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको ओम सुनारको संगीत तथा भानुभक्त ढकालको शब्द तथा संगीतकार सुनार र कविता श्रेष्ठको स्वर छ ।

गीतमा नायक जयकिशन बस्नेतको साथमा नायिका एलिना रायमाझीको रोमान्स हेर्न सकिन्छ । गोसाईकुण्डमा खिचिएको गीतमा जयकिशनकै कोरियोग्राफी छ । फिल्म आगामी असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।