तीजमा रामकहानीको आक्रामक व्यापार

काठमाडौं । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘रामकहानी’ले तिजको दिन देशैभर आक्रामक व्यापार गरेको छ । आकाश श्रेष्ठ र पुजा शर्मा स्टारर फिल्मले शुरुवाती दिनमा आक्रामक व्यापार नगरे पनि माउथ पब्लिसिटीका कारण फिल्मले दिनानुदिन व्यापार बढाइरहँदा बुधबार परेको तिज विदाले फिल्मको व्यापारमा नयाँ फड्को मारेको हो ।

फिल्मका निर्देशक सुदर्शन थापाले बुधबारको फिल्मको व्यापारबाट आफू पूर्ण रुपमा सन्तुष्ट रहेको बताए । ‘म एकदमै खुशी छु । देशैभरका हल हाउसफूल रहे । यो आक्रामक व्यापार हाम्रा लागि शुभ संकेत हो,’उनले भने ।

दर्शक प्रतिक्रिया बुझ्न आकाश र अर्का कलाकार शोभित बस्नेतसँग चितवन पुगेकी नायिका पुजाले चितवनमा दर्शकको उपस्थिति उल्लेख्य रहेको बताईन् । उनका अनुसार चितवनको जलमा, इन्द्रदेव, गणेश लगायतका हलमा दर्शकको भीड देखिएको थयो ।

फिल्मका वितरक सुनिल मानन्धरले हलमा महिला दर्शकको उपस्थिति विशेष देखिएको बताए । फिल्ममा केदार घिमिरे, विल्सनविक्रम राई, रविन्द्र झा, शिशिर राणालगायतको पनि अभिनय छ ।