चेलिबेटी बेचबिखनविरुद्ध पेशा

काठमाडौं । चेलिबेटी बेचबिखनका विरुद्ध सामाजिक कथाको फिल्म ‘पेशा’ बन्ने भएको छ । विश्वदिप घिमिरेको निर्देशनमा बन्ने फिल्मको तिजको अवसर पारेर राजधानीमा बुधबार मुहुर्त गरियो ।

फायर इन्टरप्राइजेजको ब्यानरमा रोजन रखाल प्रस्तुतकर्ता रहेको फिल्ममा जीएस आलेको लगानी रहनेछ । टिकाराम रखालको कथा रहने फिल्ममा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाईलीको अभिनय हुनेछ ।

फिल्म अर्को तिजमा रिलिज हुनेछ । फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, टंक बुढाथोकी र जीएस आलेको संगीत रहनेछ ।