दुईतिर पिरती नलाउने प्रियंकाको घोषणा

काठमाडौं । कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर’ गीत सार्वजनिक भएको छ । यो गीत उनको ‘कविता’ एल्बममा समावेश छ । भिडियोमा नायिका प्रियंका कार्की र मोडल महेश खड्काले फिचरिङ गरेका छन् ।

किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको संगीत रहेको गीतमा चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र नविन निरौलाको सम्पादन छ ।

विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एल्बम सार्वजनिक भएका छन् । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताईन ।