नरप्रसादको भजन गीत उठ्दैनन् बुढानिलकण्ठ

काठमाडौं । गीतकार नरप्रसाद धितालको भजन गीत ‘उठ्दैनन् बूढानिलकण्ठ’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा विहिबार एक कार्यक्रमकाबीच बुलु मुकारुङको संगीत, स्वरुपराज आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, सङ्गीतकार बुलु मुकारुङ, नरप्रसाद धिताल, कृष्ण धिताललगायताको आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

नरप्रसादको ‘पूजा’ एल्वममा समावेश यो गीतलाई संजय पाण्डेले निर्देशन गरेका छन् । भकारी एमडिसी मार्फत सार्वजनिक गीतको भिडियोलाई चक्र महर्जनले छायाँकन गरेका हुन् भने दिनेशजंग रानाले सम्पादन गरेका छन् । भिडियोमा सञ्जय खतिवडा र समूहको अभिनय छ ।