तिमीले बाटो फेर्यौंको सिक्वेलमा दर्पण

काठमाडौं । गीतकार दर्पण राईको हिट गीत ‘तिमीले बाटो फे¥यौं अरे’को दोश्रो पार्ट अर्थात ‘तिम्ले बाटो फे¥यौं अरे–२’ पनि आउने भएको छ । उक्त गीतको सिरीजका रुपमा ‘तिमीले खाएको कसम साँचो भाको भए’ बोलको गीत रेर्कड गरिएको हो । सम्भवतः नेपाली गीतको यो नै पहिलो सिरीज हो ।

गीत ‘तिम्ले बाटो फे¥यौं अरे’ गीतलाई यु–ट्युबमा झण्डै डेढ करोड बढीपटक हेरिएको छ । यही गीतको सिरिजका रुपमा दर्पणले ‘तिमीले खाएको कसम साँचो भाको भए’ रेकर्ड गराएका छन् । यस गीतलाई ‘फिमेल भर्सन’मा गायिका मेलिना राईको स्वर छ । यसअघि ‘तिम्ले बाटो फे¥यौं अरे’ पनि मेलिनाले नै गाएका हुन् ।

यो गीतको मेल भर्सनमा भर्सटायल गायक राजेशपायल राईको स्वर थियो । यसपटक पनि उनैलाई गाउन दिने गीतकार तथा म्युजिक भिडियो निर्देशकसमेत रहेका दर्पणले बताए । गीतको संगीतकार भने परिवर्तन गरिएको छ । यस गीतको दोस्रो सिरीजलाई गायक तथा संगीतकार संगीतविक्रम राईले संगीत गरेका छन् । अघिल्लो गीतमा टंक बुढाथोकीको संगीत थियो ।

‘तिम्ले बाटो फे¥यौं अरे’ ‘लभ ट्राजिटी’ गीत हो । प्रेमीले चाहदा–चाहदै प्रेमिकाले बाटो फेरिएपछिको अवस्थालाई उक्त गीतमा चित्रण गरिएको छ । यस्तै, ‘तिमीले खाएको कसम साँचो भाको भए’लाई त्यही स्टोरीबाट उठाएको गीतकार दर्पणले बताए । ‘तिम्ले बाटो फे¥यौं अरेमा ‘अरे’को कुरा अर्थात् कसैले सुनाएको ‘हल्ला’लाई आधार मानिएको छ । अहिले त्यसैलाई टेक्दै ‘तिमीले खाएको कसम साँचो भाको भए’ बनाएको हुँ,’ दर्पणले भने ।

उनका अनुसार ‘तिमीले खाएको कसम साँचो भाको भए’ र ‘तिम्ले बाटो फे¥यौं अरे’को एउटै भिडियो बन्ने छ । दसैँ अगाडि नै भिडियो निर्माण तथा रिलिज गर्ने गीतकार दर्पणले बताए ।