सम्पत्तिको दौडमा दैलो ट्रेलर

काठमाडौं । आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘दैलो’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सम्पत्तिको पछाडि दौडिँदाको परिणामलाई देखाइएको छ ।

जामुना देवी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा सुरेश उप्रेती प्रस्तुतकर्ता छन् । सुरेशकै लेखन तथा निर्देशन रहेको फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकास चापागाई, दीपक डोटेल, मुना प्रसाई, दिक्षा आचार्यलगायतको अभिनय छ ।

फिल्ममा लक्षुप्रकाश मल्ल र निलम उप्रेतीको संगीत, विमल कुमार भट्टराईको छायांकन, तारा थापा किम्भेको सम्पादन तथा अर्जुन उप्रेती र यशोदा उप्रेतीको लगानी छ । फिल्ममा निलम उप्रेती कार्यकारी निर्माता छन् ।