अष्ट्रेलियाबाट विष्णुको हुलाकी

काठमाडौं । अस्ट्रेलिया निवासी नवगायक बिष्णुहरि पौडेलले ‘हुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । अस्ट्रेलियामा नै रहेर लामो समयदेखि सगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ ।

नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा करिश्मा ढकाल र सुमन देवकोटाको अभिनय छ । बुद्ध थापा र किरण भण्डारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको डीओपी छ । भिडियोलाई फाटी प्रोडक्सनले निर्माण गरेको हो ।