काठमाडौं । एकसमय पाश्र्व गायनमा निकै छाएका गायक प्रहलाद तिमिल्सिनाले सांगीतिक करियरको दोस्रो एल्बम ‘महक–२’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा हालै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संगीतकार शम्भूजीत बासकोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले एल्बम सार्वजनिक गरे ।
एल्बममा तिमीलाई नभेटु“ की, हिउ“ सरी, ढकमक्क गु“रास, वचन दियौ धड्कनले, थोत्रो रेडियो, भनि देउ न कस्तो लाग्छ, सञ्चै छु भनी, पिरतीको खेल, इल्ली बिल्ली तथा पैले भनेको माया बोलका गीत छन् । गीतमा शम्भूजीत बासकोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्राँचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलका संगीत छन् । गीतमा डा.कृष्णहरी बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठको शब्द छ ।
एल्बममा गुञ्जन ईन्टरटेन्मेन्टले यो एल्बमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ । गायक तिमल्सिनाले फिल्मको पाश्र्व गायनमा सक्रिय रहेकै कारण आफूले दोस्रो एकल एल्बम तयार पार्न समय लागेको गायक तिमिल्सिनाको भनाइ थियो । गायक तिमिल्सिनाले गाएका चलचित्रका गीतहरु मध्ये गाला रातै गाला रातै, फिगर कोकाकोला, बट स्लोली स्लोली, कहिले माया स्याड फेस, पिरो पिरो, झ्याप्पै आदि लोकप्रिय मानिन्छन् ।
समारोहमा गायक तिमिल्सिनाले एल्बमका दुई गीत प्रस्तक्ष्ँ सुनाएका थिए भने तीन वटा गीतका म्युजिक भिडियोहरु प्रिमियर गरिएको थियो । ती मध्ये थोत्रो रेडियो…शीर्षकको गीत यूट्युबमा समेत उपलब्ध भैसकेको छ ।