हङकङमा २१ विधामा पपुलर अवार्ड

काठमाडौं । हङकङमा सन् २०१९ को जुनमा नेपाली फिल्मको अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनीको आयोजनामा हुन लागेको अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । यो अवार्डमा सहभागी हुन कलाकार, प्राविधिक र पत्रकारसहित ६० जनाको टोली सहभागी हुनेछन् ।

सन् २०१८ मा रिलिज भएका नेपाली फिल्महरुले यो अवार्डमा सहभागिता जनाउनेछन् । हङकङको क्विन एलिजावेथ स्टेडियममा हुने अवार्डको नेपाल संयोजन संगिक्षा फिल्मस्ले गर्नेछ । हङकङमा आयोजित पत्रकार सम्मेलनमा संगिक्षा फिल्मस्का प्रमुख मनोज केसी पनि उपस्थित थिए ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा जी एम ठकुरी, लोकराज लिम्बु, लिलेश्वरी खड्का, सञ्जु भट्ट रहेका छन् । अवार्डको संयोजकको रुपमा शान्ति नेपाली रहेकी छिन् । यो अवार्डमा फिल्म क्षेत्रमा विशेष योगदान पु¥याउने एक चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

अवार्ड प्रदान गरिने कुल २१ विधाहरुमा पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, पपुलर निर्देशक, पपुलर जुरी अवार्ड, पपुलर हाँस्य कलाकार, पपुलर खलनायक, पपुलर नव–नायक, पपुलर नव–नायिका, पपुलर छायांकार, पपुलर लेखक, पपुलर सह अभिनेता, पपुलर सह अभिनेत्री, पपुलर संगीतकार, पपुलर गायक, पपुलर गायिका, पपुलर गितकार, पपुलर चरित्र अभिनेता, पपुलर चरित्र अभिनेत्री रहेका छन् ।