कोरियन फ्लेभरमा समर लभ फष्टलुक

काठमाडौं । युवा साहित्यकार सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ को फष्टलुक सार्वजनिक भएको छ । कोरियन रोमान्टिक फिल्मका पोष्टरझैं देखिने फष्टलुकमा फिल्मका प्रमुख कलाकार अँटाएका छन् । फिल्मका प्रमुख दुई पात्र आशिष पिया र रेवती क्षेत्रीलाई पोष्टरमा कोरियन लुक्सझैं देखिने भएकाले पनि पोष्टर केही फरक छ ।

आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्मको फष्टलुकमा सुरज सिंह ठकुरी र नम्रता सापकोटा पनि अँटाएका छ्न । आशिष र रेवतीको यो डेब्यु फिल्म हो । आशिष मोडल हुन् भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

फिल्ममा मुस्कान ढकालको निर्देशन छ । मुस्कानले यसअघि ‘नाइँ नभन्नू ल ३’ को निर्देशन गरेका थिए । सुबिनको कथामा पत्रकार सामीप्यराज तिमल्सेनाको पटकथा तथा सुबिन र सामीप्यको संवाद छ । नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन् ।

स्वपन सरकार र मनोज विक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।