दैलोमा दर्शक उत्साह

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्म ‘गुनगुन’, ‘दैलो’ र ‘अनुग्रह’ मध्ये ‘दैलो’मा दर्शकको उपस्थिति उत्साहजनक रहेको निर्माण पक्षले दाबी गरेको छ ।

फिल्मका निर्देशक, कलाकार तथा निर्माता सुरेश उप्रेतीले फिल्मको वर्ड अफ माउथले दर्शकको संख्या बढ्दै गएको दाबी गरे । शुक्रबारको तुलनामा शनिवार दर्शकको संख्या राम्रो बढेको भन्दै विशेषत पूर्वी नेपालका हलमा दर्शकले मनपराएको उप्रेतीले बताए ।

फिल्ममा उनका अलावा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेती फिल्म निर्माण गरेका हुन् ।