गीत गजलमा रोमान्टिक रुप–आरोही

काठमाडौं । सांगीतिक प्रेमकथालाई समेटिएको निर्माणाधिन फिल्म ‘गीत गजल’को इन्डक्ल्याप गरिएको छ । एक महिनादेखि छायांकनरत यो फिल्मको एक गीत छायांकन गर्न बाँकी छ । फिल्म युनिटले छायांकनमा खिचिएका केही तस्बिरहरुलाई सार्वजनिक गरेको छ । जहाँ रुप पोखरेल र आरोही सिंहका रोमान्टिक तस्बिर देख्न सकिन्छ ।

फिल्म ‘जोनी जेन्टलम्यान’बाट फिल्म निर्देशनमा ‘डेब्यु’ गरेका नितिन चन्दले ‘गीत गजल’को निर्देशन गरेका छन् । फिल्ममा रुप पोखरेल र आरोही सिंह प्रमुख भूमिकामा छन् । रुप र आरोहीको यो ‘डेब्यु’ फिल्म हो ।

आरोहण क्षेत्रीले निर्माण गरेको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनालीलगायतको पनि अभिनय छ । वर्षको अन्त्यमा रिलिज हुने फिल्ममा बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्मकी निर्माता आरोहणले फिल्म निर्माणमा कुनै कमी हुन नदिएकाले फिल्म उत्कृष्ट बनेको दाबी गरे ।