लण्डनमा झल्कियो पासवर्डकी सनीको आइटम

काठमाडौं । निर्माणाधिन फिल्म ‘पासवर्ड’मा रहेको एक आइटम गीतमा बलिउड नायिका सनी लियोनीले कम्म मर्काएकी छन् । लण्डनमा छायांकन गरिएको यो फिल्मको गीतमा सनीले ‘सन्नी हो नाम मेरो’ भन्दै कम्मर मर्काएकी हुन् । निर्माण युनिटले यो गीत छायांकनमा मात्र पाँच करोड नेपाली रुपैयाँ खर्च भएको दाबी गरेको छ ।

बलिउडका कोरियोग्राफर विष्णु देभाले कोरियोग्राफी गरेको गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतमा भारत र बेलायतका २ सय बढी नृत्यांगनाले नाँचेका छन् । भिडियो छायाँकनका केहि अचल दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ ।

सन्निले दुई करोड भारतीय रुपैयाँमा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन् । साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न सात जनाको टिम सहित विष्णुदेभा सन्निसँगै लण्डन पुगेका थिए ।

फिल्मका निर्देशक सम्राट बस्नेतले ‘पासवर्ड’को कथा र पटकथाले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जनबढि फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको लागी यो फिल्म ठूलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हुनेछ ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।