चीनको ५६ हजार पर्दामा २.०

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरपरस्टार रजनीकान्तको फिल्म ‘२.०’ चीनको ५६ हजार पर्दामा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक शंकरका अनुसार एचवाई मिडियाको सहयोगले यो फिल्म एकसाथ ५६ पर्दामा रिलिज हुन लागेको हो ।

फिल्म सन् २०१९ को मे महिनामा रिलिज हुनेछ । चीनमा कुनै पनि विदेशी फिल्मले धेरै पर्दा पाएको सम्भवत यो नै पहिलो हो । शंकरको सन् २०१० को ब्लकब्लष्टर फिल्म ‘एन्थिरन’को यो सिक्वेल नोभेम्ब २९ मा तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज भएको थियो ।

फिल्ममा अक्षय कुमार, एमी ज्याक्सन, आदिल हुसैन र सुधांशु पाण्डेको अभिनय छ । दक्षिण भारतीय फिल्म उद्योगमा अक्षयको यो पहिलो फिल्म हो । जहाँ उनी खलनायकको चरित्रमा छन् । फिल्म ६ सय करोडको बजेटमा तयार पारिएको छ । फिल्मले रिलिजको पहिलो सातामा विश्वभरबाट ४ सय करोडको कमाई गरिसकेको छ।