कपुरी कलाई सेन्सरको पीजि

काठमाडौं । फिल्म ‘कपुरी क’ सेन्सर पास भएको छ । गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मले सेन्सर बोर्डबाट ‘पीजि’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र पाएको छ ।

फिल्ममा प्रकाश तिवारी, सिजल उप्रेती,बसन्ती भाट, चेतबहादुर सिंह ‘राजा’, सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल साथमा सबिन बास्तोलाको विशेष भुमिका रहेको छ ।

फिल्ममा सबिन बास्तोलाको निर्देशन छ । फिल्ममा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।