भाइबरमा न यता न उताको स्टिकर प्याक

काठमाडौं । आगामी माघ २५ गते रिलिज हुने फिल्म ‘न यता न उता’लाई भाइबरले पहिलोपटक स्टिकर प्याकका रुपमा प्रयोग गरेको छ । नेपाली फिल्मको इतिहासमा कुनै पनि फिल्मले स्टिकर प्याकको अवसर पाउनु यो पहिलो हो । फिल्ममा दुई अधवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई दर्शाइएको छ ।

फिल्ममा ऋचा शर्मा, समिर दिक्षित, छुल्ठिम गुरुङ, मिराज रोश, राजारम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, कमलमणि नेपाल, जयनन्द लक्ष्मी, लुनिभा तुलाधर, सिल्सा जिरेल र नम्रता सापकोटाको अभिनय छ । फिल्ममा मिराज रोशको निर्देशन छ ।

भाइबरले यसको औपचारिक शुरुवात शुक्रबारबाट फिल्मको पोष्टर उपलब्ध गराएर गरेको छ ।