हे गोरीमा बुगीवुगी कविताको छमछमी

काठमाडौं । रियालिटी शो बुगीवुगीकी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुष्करराज पन्तको शब्द र शंकर थापा स्माइलको संगीत छ । भिडियोमा कवितासँगै पुष्कर फिचर्ड छन् ।

अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् । फिल्म ‘ठूली’को निर्मातासमेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् ।

विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए । त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले क्लव सङ पछिल्लो समय नेपालमा चलिरहेको कारण दर्शकले ’हे गोरी’ गीत मन पराउने बताए ।