काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फेसियल हाउसले आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, मोडल दिक्पाल कार्की, गायक युवराज चौलागाइँलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गायक टिका बम्जन, उत्तम थापा लगायतले गीत प्रस्तुत गरेका थिए भने टिम इन्टरटेन्मेन्टको नृत्यले सबैलाई मनोरञ्जन दिलाएको थियो । त्यस्तै मेकअप आर्टिस्ट चन्द्र गुरुङको टिमको मारुनी नृत्य र फिटनेस सेन्टर जेनएक्सबाट रुक्साना लगायतको प्रस्तुति आकर्षणको केन्द्रविन्दु बनेको थियो । हास्य कलाकार निरु खड्का ‘ठ्यासकुमारी’को कमेडी उस्तै राम्रो थियो ।
फेसियल हाउसले आफ्नो कर्मचारीको कामको कदर गर्दै हरेक वर्ष ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ पनि प्रदान गर्दै आएको छ । यस वर्ष पनि फेसियल हाउसको ६ वटा ब्रान्चमा रहेका कर्मचारी मध्ये १० जनालाई ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ प्रदान गरिएको थियो । हाउसको यस बर्षको कुशल व्यवस्थापकको अवार्ड सुमन शाहीलाई प्रदान गरिँदा उत्कृष्ठ कर्मचारीको अवार्ड सोनुकुमार शर्माले पाए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई गेस्ट अफ अनरको सम्मान प्रदान गरिएको थियो ।
फेसियल हाउसले काठमाडौको विभिन्न स्थानलगायत पोखरा र इटहरीमा समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा हाउसकी सञ्चालक सुष्मा महरा शाहले फेसियल हाउसलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।