काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ‘बद्रीबहादुर’ निर्माण हुने भएको छ । आगामी माघ ११ बाट छायांकन सुरु हुने फिल्ममा चितवनका पत्रकार रवि अधिकारीको लगानी रहनेछ ।
एबि पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा विजयगोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे कार्यकारी निर्माता छन् । फिल्ममा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संग्रौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहनेछ ।
फिल्मबाट राजिभजंग बस्नेत र एलिना गुरुङ ‘डेब्यु’ गर्दैछन् भने नायिका पुजा शर्मा र सलोन बस्नेतको विशेष भुमिकामा देखिँदैछन् ।फिल्ममा टंक बुढाथोकी र उजन नेम्बाङको संगीत, रामकाजी घिमिरेको लेखन, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायांकन र समिर मियाको सम्पादन छ ।
निर्देशक बस्नेतका अनुसार फिल्म लमजुङ, काठमाडौं, धरान र संखुवासभाका विभिन्न ठाउँमा छायांकन गरिनेछ । फिल्म आगामी वर्षको तिजमा रिलिज हुनेछ ।