ग्राजुएसनसँगै नौ सर्ट फिल्मको प्रदर्शन

काठमाडौ । फिल्म सम्बन्धी अध्ययन अध्यापन गराउँदै आएको फिल्म स्कुल कान्तिपुर फिल्म एकेडेमीले नौ सर्ट फिल्मको प्रदर्शन गर्दै दोस्रो ग्राजुएसन मनाएको छ । कार्यक्रममा फिल्म अभिनय र फिल्म मेकिङमा एक बर्षे डिप्लोमा कोर्ष सकाएका २६ जना विद्यार्थीहरूलाई ग्राजुएट गराइएको थियो ।

कार्यक्रममा ग्राजुएट भएका विद्यार्थीहरूमध्ये हेम प्रभासको ‘द मास्क’, दीपेश याक्सोको ‘तिम्मक’, रीमा थापाको ‘व्युत्क्रमो’, उदय अधिकारीको ‘पाथ टु हेल’, राजदिप लामाको ‘ग्याङ्स अफ काठमाण्डौ’, इश्वरी आचार्यको ‘बुद्ध आईज एण्ड बिटवीन’, उद्वव दंगालको ‘लोङ्वा’, रवीन्द्र श्रेष्ठको ‘रियल कोइन्स’ र दीपेन्द्र मल्लको ‘पद्मा’ थिए ।

फिल्म हेरिसकेपछी ग्राजुएट विद्यार्थीहरूलाई निर्माता तथा एकेडेमीका अध्यक्ष छविराज ओझा, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक उज्जवल घिमिरे र निर्माता केशव भट्टराईले प्रमाण–पत्र प्रदान गरेका थिए । निर्देशक तथा कलाकार निरौलाले आफुलाई सबै फिल्म राम्रो लागेको र सधैं यही जोसका साथ अगाडि बढ्न आग्रह गरिन् ।