आँख मार्दै गुप्तकी सुष्मा

काठमाडौं । रिलिज मिति तय नभइसकेको फिल्म ‘गुप्त’को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायिका सुस्मा कार्कको बोल्ड डान्स हेर्न पाइन्छ । ‘म आँख मारिदिन्छु’ बोलको गीतमा सहिमा श्रेष्ठको स्वर, सजन श्रेष्ठको संगीत र राज कर्माकारको शब्द छ । गीतमा दिप्सन डंगोलको छायांकन छ ।

दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेको फिल्ममा शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा राज रोय र भोजराज घिमिरेको संयुक्त निर्देशन छ । फिल्ममा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतको अभिनय छ ।