नाकाबन्दी र सिमाना पीडाविरुद्ध अनमोलको क्याप्टेन

काठमाडौं । नायक अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानमा शुक्रबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा आफ्नो बाबुले चाहेर पनि देशको लागि खेल्न नसकेपछि बाबुको सपना पुरा गर्न एक छोराले फूटबल खेलेको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा अभिनेता सरोज खनाल अनमोलको बुवाको भूमिकामा छन् ।

फिल्ममा प्रशान्त ताम्राकार अनमोलको कोचको रुपमा देखिएका छन् । उनले भारतले नेपालमा लगाएको नाकाबन्दी र सिमानामा दिने पीडा विरुद्ध नेपालले जित्नुपर्ने दबाब अनमोल र उनको टिमलाई दिइएको देखाइएको छ । ट्रेलरमा अनमोललाई निशान चरित्रमा देखाइएको छ ।

ट्रेलरमा नायिकाद्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी, सुनिल थापा, अमित श्रेष्ठलगायत फिचर्ड छन् । आगामी फागुन १७ गते रिलिज हुने फिल्ममा विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । भुवन केसीले निर्माण गरेको फिल्ममा दीवाकर भट्टराईको लेखन तथा निर्देशन छ ।

फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा, चन्द्र पन्तको द्वन्द्व, दीर्घ खड्काको सम्पादन, सुदिप बरालको डीओपी, नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको संगीत छ ।