विवेश बने प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल

काठमाडौं । सन् २०१९ को ‘प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९’ को उपाधि विवेश श्रेष्ठले जितेका छन् । आफ्ना १४ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै उपाधि जितेका विवेशले ‘मिष्टर फिजिक’को अवार्ड पनि पोल्टामा पारे । विवेशले एक लाख रुपैंयाँसँगै तथा इटालिका मोटोका तर्फबाट बाइक पुरस्कार पनि पाए । उनले आगामी जून महिनामा अष्ट्रेलियाको सिड्नीमा ग्ल्याम नेपाल इन्टरनेसनलले आयोजना गर्ने ‘ग्ल्याम नेपाल फेसन वीक’मा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताको अन्तिम पाँचमा विवशसहित सञ्जय चन्द, प्रशान्तजंग शाह, सनौज पौडेल र आर्यन सिटौला परेका थिए । यीमध्ये प्रशान्त ‘मिष्टर इन्टरनेसनल नेपाल २०१९’, आर्यन ‘मिष्टर ग्लोबल नेपाल २०१९’ भए । प्रशान्त र आर्यनले क्रमशः ५० हजार र २५ हजार रुपैंयाँ पाए ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइको आयोजनामा भएको प्रतियोगितामा रवि चन्द ‘मिष्टर पपुलर’ तथा ‘मिष्टर वेष्ट हेयर’, समीर प्रधान गुरुङ ‘मिष्टर फ्रेन्डशीप’, सन्जय चन्द ‘मिष्टर ट्यालेन्ट’, अनिश महर्जन ‘मिष्टर पर्सनालिटी’ तथा अश्मित दाहाल ‘मिष्टर फोटोजेनिक’ भए । प्रतियोगिता अनुप सक्सेनाको कोरियोग्राफी तथा पूर्व म्यानहन्ट विजेता सनिश शाक्यको सह–कोरियोग्राफीमा भएको थियो ।