पीडामा पर्दा स्वस्तिमाको जाद्रै बस्यो दिल

काठमाडौं । नायिका स्वस्तिमा खड्कालाई ट्याम्पो ड्राइभरको भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘बुलबुल’ को स्याड भर्सनको गीत ‘जाद्रै बस्यो दिल’ सार्वजनिक भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकमा दर्शकमाझ गीत सार्वजनिक गरिएको हो ।

भिडियोमा स्वस्तिमाले चरित्र अभिनेता दीपक क्षेत्रीलाई ‘म तपाईंको छोरालाई छोड्दैछु’ भन्ने संवादबाट सुरु भएको गीतमा स्वस्तिमाको पीडालाई प्रस्तुत गरिएको छ । कहिले पानीमा भिज्ने, कहिले ट्याम्पोमा बस्ने त कहिले आम मानिस हिड्ने बाटोमा एक्लै हिँड्ने स्वस्तिमा शैलीलाई देखाइएको छ ।

उद्गम परियार र उदयराज पौडेलको संगीत रहेको गीतमा रजिना रिमालको स्वर तथा मनिकला पौडेलको शब्द संयोजन र सुसन प्रजापतिको छायांकन छ । फागुन ३ गते रिलिज हुने फिल्ममा विनोद पौडेलको कथा र निर्देशन छ ।

अविरल थापाले फिल्म निर्माण गरेका हुन् भने कार्यकारी निर्माता रामराजा दाहाल हुन् । फिल्ममा स्वस्तिमासँगै मुकुन भुषाल, बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । यसअघि सार्वजनिक फिल्मको ‘खुद्रा खाद्री माया’ र ट्रेलरले चर्चा पाइसकेको छ ।