सरौतोबाट निर्देशनमा हरिको फड्को

काठमाडौं । कुशल छाँयाकारका रुपमा परिचित हरि हुमागाईं अब दर्शकमाझ निर्देशकका रुपमा फिल्म ‘सरौतो’ मार्फत आउने भएका छन् । एक्सन थ्रिलर जनराको यो फिल्मको आइतबार राजधानमिा घोषणा गरियो ।

स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह–निर्माताको रुपमा श्री महर्जन रहेका छन् । एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवांगम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल र मनोज तामाङ लगायतको अभिनय रहनेछ ।

फिल्ममा राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, राजकुमार उप्रेतीको एक्सन, राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत हुनेछ । यही माघ २२ बाट छायांकन सुरु हुने फिल्म काठमाडौं, सिम्रौनगढलगायतका स्थानमा छायांकन गरिनेछ ।