बीग बोस चलाउँदै एनटीआर

मुम्बई(एजेन्सी) । बीग बोस तेलुगू ३ को पहिलो सिजनले निकै चर्चा पायो । शोको टीआरपी पनि शीर्ष स्थानमा थियो । यो पहिलो सिजनको सञ्चालनमा जूनियर एनटीआरले गरेका थिए । दोस्रो सिजनमा कार्यक्रम सञ्चालन गर्न नपाएका एनटीआर अब तेस्रो संस्करणमा भने देखिने भएका छन् । त्यसका लागि निर्माताले एनटीआरसँग सम्पर्क बढाइरहेका छन् ।

एनटीआरलाई कार्यक्रम चलाउनका लागि निर्माताले ठूलो रकम दिने प्रस्ताव समेत गरेका छन् । उनलाई शोका लागि ६ करोडको अफर गरिएको छ । तर अहिलेसम्म फाइनल भएको छैन । उता एनटीआरले एसएस राजामौलीको फिल्म ‘आरआरआर’का लागि समय पनि दिइसकेका छन् ।

एसएस राजामौलीको यो सन् २०१९ को ठूलो प्रोजेक्टमा एउटा हो । यो फिल्मको सुटिङ सकेपछि बीग बोसमा लाग्ने एनटीआरको योजना छ । फिल्ममा रामचरण पनि लिड रोलमा छन् । यो फिल्मको बजेट ३ सय करोड हो ।