रविना बनिन् मोटी सुन्दरी

काठमाडौं । नेपालमै पहिलो पटक सिद्धि मिडियाले आयोजना गरेको ‘मिस चब्बी मोडल–२०१९’को उपाधि रविना पोखरेलले जितेकी छन् । २५ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । पोखरेलले ‘मिस ब्युटिफुल स्माइल’, ‘मिस बेष्ट र्याम्प वाक’ र ‘मिस पपुलर’ उपाधि समेत हात पारिन् ।

मंगलबार राष्ट्रिय नाचघर जमलमा अबेरसाँझ सम्पन्न प्रतियोगितामा जिज्ञासा चटौत ‘फष्ट रनर अप’ र पुनम श्रेष्ठ ‘सेकेन्ड रनर अप’ हुँदा चटौत ‘मिस बब्बी’, ‘मिस मल्टिमिडिया’, ‘मिस फ्रेन्डी’ तथा श्रेष्ठले ‘मिस ब्युटिफुल’ र ‘ब्युटी वीथ परपोज’ उपाधि हात पारिन् ।

प्रतियोगिताको यो तेस्रो संकरण हो । प्रतियोगितामा संजिव झा, अमित झा, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी निर्णायक थिए । आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरुका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्च उपलब्ध गराउने उदेश्यले यो प्रतियोगिता हँुदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

बिभिन्न सांगीतिक तामझामका साथ आयोजित प्रतियोगिताको कोरियोग्राफर सच्चु गुरुङ रहेकी थिइन् ।