काठमाडौं । नायिका पुजा शर्मा र नवनायक सोनम तोप्देनको संवादसँगै फिल्म ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ । करिब ५० दिनको छायांकन सेड्यूलको साथमा छायांकन गर्नु अघि क्यामराको पुजा गरिएको थियो ।
फिल्ममा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ । निर्देशक सुदर्शन थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा फिल्मको छायांकन हुने बताए । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ ।
अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । फिल्ममा परि राना र अजितकुमार थापाको सह–निर्माण छ । अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा महेश दवाडीको कथा छ ।त्रिकोणात्ममक प्रेमकथामा यो फिल्म तयार हुनेछ ।