लाहुरेको कथामा बैनाबट्टा

काठमाडौं । सुदुरपूर्वका जिल्लामा बसोबास गर्ने आदिबासी जनजातिहरूको पहिचान झल्काउने कथामा फिल्म ‘बैनाबट्टा’ निर्माण हुने भएको छ । फिल्मको सोमबार राजधानीमा एक कार्यक्रमबीच मुहुर्त गरियो ।

संघीय समाजवादी फोरमका नेता अशोककुमार राईले क्यामेराको स्वीच अन गरी फिल्मको मुहुर्त गरे । सुम्हात्लुङ फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा राज चाम्लिङको निर्देशन रहनेछ । फागुनको पहिलो साताबाट छायांकन हुने फिल्मले लाहुरेको कथा प्रस्तुत गर्ने निर्देशक चाम्लिङले बताए ।

प्रेम लावतीको लगानी रहने फिल्ममा देवेन्द्र नेम्बाङ, कविता राई, बाबु मोक्तान, रश्मीला तामाङ, अर्जुन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश वानेम, रिया सुब्बा, रोम सिंह लिम्बु, प्रकाश थेबे र निरा राईको अभिनय हुनेछ ।

फिल्ममा बुद्धराज इङवा, राज चाम्लिङ र सन्तोष राईको संगीत, दीपक लिम्बु, मेलिना राई, सन्तोष राई, दीपा लामा, राज लिम्बु, करुवा राई र दिप्सन लिम्बुको स्वर रहनेछ । फिल्मको लगानी ४० लाख रहेको छ ।