काठमाडौं । आगामी फागुन १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘क्याप्टेन’का नायक अनमोल केसी प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राइटको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । स्प्राइटले नेपाली कलाकारहरूलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पेय पदार्थको प्रतिबद्घता अनुरुप अनमोललाई नियुक्त गरिएको जनाएको छ ।
स्प्राइटले आकर्षक र प्रभावशाली लुक र व्यक्तित्वका नायक अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतिमा सहयोग गर्ने विश्वास लिएको छ ।
कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले अनमोलको छवि र व्यक्तित्व स्प्राइटसँग मिल्ने भएकाले उनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।अनमोलले आफु स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित रहेको बताए ।