भ्यालेन्टाइनमा रोमान्टिक आशिष

काठमाडौं । ‘पिरिम नलाउने’को चर्चा पछि गायक आशिष सचिन भ्यालेन्टाइन डेको अवसर पारेर नया“ गीत ‘रोमान्टिक छु’ लिएर आएका छन् । गीतमा गायक आशिष सचिनलाई गायिका अञ्जु पन्तले गायनमा साथ दिएकी छिन् । नृत्यपरक उक्त यूगल गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द छ ।

एसजे क्रिएसनका लागि सुव्रतराज आचार्यद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की, बिजु पार्की तथा गायक आशिष सचिनले आकर्षक नृत्य गरेका छन् । बिजु पार्की भारतीय मोडल हुन् ।

भिडियोमा गम्भिर विष्टको कोरियोग्रँफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । सम्पादक रेग्मीले भिडियोमा कलर करेक्सन गरेका छन् । भिडियोको अवधारणा जया शर्माले तयार पारेकी हुन् । शर्मा भिडियोकी सहायक निर्देश्ँक पनि हुन् ।

भिडियोमा मुना, सबिना, अनिशा, सौगात, संगीता, प्रतिक्षा, समिर, पूजन, विशाल, निरिष, सुशान्त, कुमार, मन तथा कोसिशले सामुहिक नृत्य गरेका छन् । भिडियोलाई आरोही गौतमले प्रस्तुती गरेकी हुन् ।