काठमाडौं । साता अघि सार्वजनिक गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘कर्के नजर’ मा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता हुने भएको छ । बाबा एजुकेशन कन्सल्टेन्सी र आर के एस अस्ट्रेलियाको आयोजनामा हुन लागेको यो नृत्य प्रतियोगिता २०७५ माघ २७ गते अर्थात् १० फेब्रुअरी २०१९बाट शुरु भई २०७६ बैशाख ७ गतेसम्म रहने छ । यस अवधिभर प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरुले ‘कर्के नजर’ गीतमा नाचेर भिडियो पठाउनु पर्नेछ ।
गायक पराजुलीका अनुसार कतै अडिसन दिनु नपर्ने, कतै फारम भर्न नपर्ने, घरै बसी बसी आफुमा भएको प्रतिभा विश्व सामु प्रस्तुत गर्न सकिने यस प्रतियोगितामा उत्कृस्ट एक प्रतियोगीलाई एक लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको बारेमा थप जानकारीका लागि गायक संजीब पराजुली र गायिका टीका प्रसाईंको फेसबुक पेज र डब्लुडब्लुडब्लुडटसन्जीवपराजुलीडटकममा गई हेर्न सकिनेछ । प्रतियोगितामा क्लासी बजार डट कमको सहयोग रहेको छ ।
बाबा एजुकेसन कन्सल्टेन्सीको सिइओ रविन्द्रकुमार शर्माले ‘कर्के नजर’ अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताले नेपाली कला र संगीतलाई विश्व बजारमा पु¥याउन सहयोग पुग्ने बताए । शर्माले यो भन्दा पहिले ‘नाइँ मलाई थाहा छैन’ अन्तराष्ट्रिय नृत्य प्रतियोगिताले पाएको सफलता र उपलब्धिहरुबाट आफुलाई खुशी र हौसला मिलेको र सोहि अनुसार ’कर्के नजर’ गीतमा पनि प्रतियोगिता आयोजना गरिएको कुरा बताए ।