आमाको सम्झनामा सन्तोषको मेरी आमा

काठमाडौं । गायक सन्तोष परियारको गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच गीतकार हिमांशु रायमाझीको शव्द, सन्तोषकै सङ्गीत र प्रश्न परियारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । संगीकार राजु सिंहको प्रमुख आतिथ्यतामा सार्वजनिक गीतको भिडियो सन्देशमूलक रहेको अतिथिहरुले बताएका थिए ।

दिलिप समनको निर्देशन रहेको गीतको भिडियोमा रश्मि भट्ट, स्याम रोक्का, विशाल थापा, हिमांशु रायमाझी र सन्तोष परियारको अभिनय रहेको छ । फराज अर्पणको छायाँकन÷सम्पादन रहेको भिडियो व्यवस्थापन बिक्रम तामाङले गरेका छन् ।

यो भन्दा अघि गायक सन्तोष परियारको महल र यो जुनीमा गीतले चर्चा पाएका थिए । रायमाझीले पनि चर्चित गायक कमल खत्री र नेपाल आईडल बुद्ध लामाको स्वरमा आफ्नो गीत निकाली सकेकी छिन् ।