भ्यालेन्टाइनलाई सुरेशको मायामा तिम्रो

काठमाडौं । भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर गीतकार सुरेश वाग्लेले एउटा रोमान्टिक यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वरको ‘मायामा तिम्रो…’ शीर्षकको गीत सोमबार बिहान यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका हुन् । संगीतकार सुमित विश्वकर्माले उक्त गीतमा संगीत संयोजन गरेका छन् । कोलकाता तथा काठमाडौंमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ भने चेन्नईमा गरिएको हो ।  बिकास सुवेदीद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा अभिनेता पल शाह तथा अभिनेत्री आ“चल शर्माले अभिनय गरेका छन् । भिडियोमा गीतकार सुरेश वाग्ले तथा सुशिल काफ्लेले पनि अभिनय गरेका छन् ।

अनिल के मानन्धरद्वारा छायांकन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सुप्रिमले नै भिडियोमा कलर ग्रेडिङको काम समेत गरेका छन् ।भिडियोमा अभिनाश मानन्धरले ड्रोन पाइलट तथा सहायक छायांकारको रुपमा काम गरेका छन् । मायामाको म्युजिक भिडियो नेपाली वेबसाइटको आधिकारिक यूट्युब च्यानलबाट अपलोड गरिएको हो ।