लसएन्जल्स(एजेन्सी) । अमेरिकी गायिका तथा नायिका लेडी गागाले गत अक्टोबरमा क्रिश्चियन कारिनोसँग गरेको इन्गेजमेन्ट सम्बन्ध तोडेकी छन् । पछिल्लो केही महिनादेखि यो जोडीबीच खटपट भइरहेको खबर सार्वजनिक भइरहँदा उनले इन्गेजमेन्ट तोडेको कुरा सार्वजनिक भएको हो ।
सन् २००५ देखि २००८ सम्म गागाले संगीतकार ल्यूक कार्लसँग डेट गरेकी थिइन् । सन् २०११ मा उन मोडल तथा कलाकार टेलर किन्नीसँग अफेयरमा थिइन् । सन् २०१५ मा किन्नीले गागासँग विवाहको प्रस्ताव राखे पनि गागाले अस्वीकार गरेकी थिइन् ।
विश्वप्रसिद्ध अमेरिकी गायिका एवं संगीतकार लेडी गागाको वास्तविक नामस्टेफनी जोआन एन्जेलीना जर्मानोत्ता हो । गागाले आफ्नो रक संगीतको यात्रा न्यूर्योकबाट सुरु गरेकी थिइन् ।