श्रीदेवीको कोटा साडी लिलामीमा

मुम्बई(एजेन्सी) । बलिउड फिल्म निर्माता बोनी कपुरले आफ्नी पत्नी श्रीदेवीको सम्मानार्थ उनको कोटा साडी लिलामी गर्दैछन् । यो साडी श्रीदेवलाई सबैभन्दा मनपर्ने साडीमा पर्दथ्यो ।

यो साडीको अनलाइन लिलामीको काम सुरु भइसकेको छ । यो लिलामीबाट प्राप्त पैसा महिला, बालबालिका, वृद्धवृद्धालाई सहयोग गर्ने कन्सर्ट इन्डिया फाउण्डेसनलाई दिइनेछ ।

साडीको प्रारम्भिक मूल्य ४० हजार राखिएको छ । यो मूल्य अहिले बढेर १ लाख ३० हजारसम्म पुगेको छ । गत वर्षको फेब्रुअरी २४ मा श्रीदेवीको दुबईस्थित एक होटलमा निधन भएको थियो ।