हवाइजहाज पर्खदै ऋचा

काठमाडौं । गायक सुरज थापाको स्वरमा रहेको गत ‘हवाइजहाज’ सार्वजनिक भएको छ । नेपालीहरुको वास्तविक कथा व्यथा समेटिएको गीतमा शब्द प्रमानन्द खरेलको शब्द र प्रकाश नेपालीको संगीत छ । गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाई अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो ।

गीतको भिडियोमा थुप्रै नेपाली चलचित्रमा अभिनय गरि सकेकी अभिनेत्री ऋचा शर्माको साथमा राज खड्का र संगीत सन्तोषको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।

निर्देशक सर्जुन राइले भिडियोलाइ उत्कृस्ट बनाएका छन् । परदेशमा जाने नेपालीहरुको कथा व्यथा र छोरो विदेश गए पछि घरमा रहेका आमा बुबाको दुख पिडालाइ भिडियोमा समेटिएको छ ।