प्रेमको बाचा बाँध्दै पल–वर्षा

काठमाडौं । आगाम जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘वीरविक्रम २’ को दोस्रो गीत ‘बाचा’ सार्वजनिक भएको छ । गीतमा नायक पल शाह र नायका वर्षा सिवाकोटी फिचर्ड छन् ।

ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतमा गायक ताराकै संगीत र सञ्चारकर्मी नरेश भट्टराईका छन् । गीतमा पल र वर्षालाई कविराज गहतराजले नचाएका छन् । गीतमा सुदिप बरालको छायांकन छ ।

निर्देशक मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘वीर विक्रम’ को दोस्रो संस्करण हो । फिल्ममा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्वाजको कथा, पटकथा, अपर्ण सापकोटाको निर्माण छ ।