जीवनको अर्थ बुझाउँदै जात्रै जात्रा

काठमाडौं । आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जात्रै जात्रा’को दोस्रो गीत ‘जीवन जात्रा हो’ सार्वजनिक भएको छ । कालिप्रसाद बासकोटाको स्वर र संगीत रहेको गीतमा अर्जुन भट्टराईको शब्द छ । गीतमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिहं बानियाँ फिचर्ड छन् ।

गीतमा प्रबिन सिंहको कोरियोग्राफी छ । प्रदीप भट्टराइको निर्देशन रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामा निर्माता तथा रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता छन् । फिल्ममा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्ममा मित्र डि.गुरुङको सम्पादन, शिवराम श्रेष्ठको छायांकन, प्रदीपकै लेखन तथा कालीप्रसाद बासकोटा र कृष्ण भारद्वाजको संगीत छ ।