आफ्नै गीतमा बेहुला अनिल

काठमाडौं । गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियो सार्वजनिक भएको छ । तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको गीतको भिडियोमा गीतकार अनिल बेहुला बनेका छन् ।

भिडियोमा अभिनय रमेश थापा, सरु गिरी, अनिल खनाल र रुषा तामाङको रहेको छ । शब्द तथा लय अनिल खनालको रहेको छ भने छायांकन कान चौसिरले गरेका छन् ।भिडियोका निर्देशक मौसम हिमाली हुन् ।